अर्थ व्यवसाय
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्पपीडितको सहायताका निम्ति २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
भूकम्पपीडितको उद्धार र उपचारका निम्ति प्रधानमन्त्री दैवी प्रकोष उद्धार तथा राहत कोषमा २५ लाख प्रदान गर्ने निर्णय गरिएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।
शनिबार विज्ञप्ति जारी गर्दै बैंकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारप्रति समवेदना र घाइतेहरूको स्वस्थ्यलाभको कामना गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षालगायत क्षेत्रमा सहयोग पु¥याउँदै आएको र भविष्यमा समेत यस्तो सहयोगलाई निरन्तरता दिइने जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १७:२७
प्रतिक्रिया दिनुहोस्