site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग दिने बुद्ध एयरको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।

जाजरकोट र पश्चिम रुकुमको भूकम्पप्रभावितको सहयोगका निम्ति बुद्ध एयरले राहत दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, उद्धार र राहत सामग्री ढुवानीमा सहयोग गर्न पनि तयार रहेको बुद्ध एयरले उल्लेख गरेको छ ।

“जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्मा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौँ । साथै, उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ,” शनिबार बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro