site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राज्य सञ्चालनको कार्य थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक समापन गर्नुअघि उनले लोकतन्त्रमा थप योगदान दिन सक्ने गरी संसद्लाई अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले आउँदा दिनका संसदीय गतिविधिलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । चालु अधिवेशनमा संसदीय काम–कारबाहीले गति लिएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“माननीय सदस्यहरू, प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुँदै गर्दा माननीय सदस्यहरूले आज राख्नुभएका समीक्षात्मक अभिव्यक्तिप्रति मेरो पनि गम्भीर ध्यानाकर्षण भएको छ । हामीले चालु अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरू प्रभावकारी बनाउँदै लैजानुपर्दछ । संसद् प्रभावकारी बनाउने दायित्व सरकार, संसद्को नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरूको हो,” उनले भने, “चालु अधिवेशनमा संसदीय काम–कारबाहीले गति लिएका छन् । समितिहरूले सक्रियतापूर्वक काम सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तरलाई नियमित र व्यवस्थित गर्ने अभ्यास सुरु गरिएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्लाई आगामी दिनमा लोकतन्त्रलाई थप योगदान दिन सक्ने गरी अभ्यास गर्न, राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन हामी सबै गम्भीर हुनैपर्ने कुरा राख्न चाहन्छु ।”

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन बिहीबारै (आज) राति १२ बजेदेखि अन्त्य हुँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय