site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छोडेर स्वदेश फर्किए मार्स

सिड्नी । अलराउन्डर मिचेल मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार जनाएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् ।

ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी)बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साताको अन्त्यमा इंग्ल्यान्डसँगको भिडन्तअघि मार्सको अनुपस्थिति अस्ट्रेलियाका निम्ति अर्को झट्का हो ।

क्रिकेट अस्ट्रेलियाले मार्सका बारेमा ट्विटरमा भनेको छ, “टिममा उनको फिर्तीको समयसीमा निश्चित हुन बाँकी छ ।”

१५ सदस्यीय टिममा कसैलाई प्रतिस्थापनका निम्ति बोलाइने हो वा होइन स्पष्ट भएको छैन ।

३२ वर्षीय अस्ट्रेलियाको टी–२० का कप्तान मार्स विश्वकपमा राम्रो फर्ममा रहेका छन् । अहिलेसम्म ३७.५० को औसतमा २२५ रन बनाइसकेका छन् । पाकिस्तानविरुद्ध डेभिड वार्नरसँग २५९ रनको सुरुआती साझेदारीमा उनले १२१ रनको सानदार पारी खेलेका थिए ।

मार्स र म्याक्सवेल दुवै टिमबाट बाहिर भएपछि मार्क स्टोइनिस वा क्यामरुन ग्रिनलाई जोस बटलरको संघर्षरत इंग्ल्यान्डको सामनाका निम्ति तयार भएको देखिएको छ । इंग्ल्यान्ड अहिलेसम्म ६ मध्ये मात्र दुई खेल जितेर १० टिममा अन्तिम स्थानमा छ ।

अहिले तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले लगातार चार खेल जितेको छ । सोमबार गल्फको एक राउन्ड खेलपछि अँध्यारोमा बग्गी पछाडिबाट खसेका म्याक्सवेल कन्कसन प्रोटोकलअन्तर्गत अनुपलब्ध छन् । किनकि, भारतमा लगातारको टुर्नामेन्टका क्रममा खेलाडीहरूले विश्राम लिएका थिए । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro