site stats
बाह्रखरी :: Baahrakhari
खेल
सातौँ विकेटका रूपमा आउट भए सन्दीप जोरा
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालले सन्दीप जोरालाई सातौँ विकेटका रूपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५औँ ओभरमा जोरालाई गुमाएको हो । जोराले नेपाली टिमको खातामा १२ रन थपे ।

जारी खेलको १५ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर ८३ रन बनाएको छ ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्