site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्तिप्रक्रियाबारे केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तर्राष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केही नेताले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाउनु दुर्भाग्य भएको बताए ।

यसअघि, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार भएको भेटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिप्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहे पनि सरकारले शान्ति प्रक्रियालाई टुंगोमा लैजान ढिलाइ गरिरहेको जिकिर गरेका थिए ।

त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै, उनले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारत्मक रहेको जिकिर गरे ।

जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्नेलगायत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उनले बताए । आफ्नो निमन्त्रणमा आएका गुटेरेसको भ्रमण नेपालका लागि राम्रो भएको उनको जिकिर थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro