site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलवायु परिवर्तनको असर विश्वलाई देखाउन ‘एभरेस्ट बेस क्याम्प’मा पुगेको हुँ : गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकासशील देशहरूले प्रत्येक वर्ष जलवायु परिवर्तनका क्षेत्रमा विकासोन्मुख देशहरूका लागि १०० अर्ब अमेरिकी डलरको प्रतिबद्धता गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिर्तनबाट प्रभावितलाई न्याय दिन जरुरी रहेको बताएका हुन् ।

उनले जलवायु परिवर्तन गराउने तत्वको उत्सर्जनमा नेपालको न्यून भूमिका भएको तर, असर भने ठूलो सामना गरिरहेको बताए ।

Dabur Nepal
NIC Asia

जलवायु परिवतर्नको असर परिसकेको बताउँदै यसबाट प्रभावितहरूरुलाई दोब्बर सहायता प्रदान गर्नुपर्ने उनले बताए ।

जलवायु परिवतर्नका कारण भएको क्षति नेपालमा देख्न सकिने उनको भनाइ छ । उनले यसको क्षति तत्काल दिन आवश्यक रहेको बताए । अन्य दक्षिण एसियाली मुलुकहरू पनि यसको चपेटमा पर्ने उनले बताए ।

नेपालमा जलवायु परिवर्तन कारण भइरहेको समस्या अन्याय भएको उनको भनाइ छ । “जलवायु परिवतर्नका लागि नेपालले सामना गरिरहेको गम्भीर संकटलाई लिएर म चिन्तित छु,” उनले भने ।

“पग्लिदै गरेका हिमताल र यसले भविष्यमा पार्ने असर पूरै विश्वलाई देखाउन मैले एभरेस्ट बेस क्याम्पको भ्रमण गरेको हुँ,” राष्ट्रसंघका महासचिव गुटेरेसले भने ।

गुटेरेस आइतबारदेखि नेपाल भ्रमणमा रहेका छन् । भोलि बुधबार (अक्टोबर १)मा उनी नेपालबाट फर्किने कार्यतालिका रहेको छ ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro