राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशसभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई मधेस प्रदेशसभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।
विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उनको स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
बैठकमा संसद्मा रहेका विभिन्न विधेयकहरूबारे पनि छलफल भएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १८:१९
प्रतिक्रिया दिनुहोस्