site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोली हानेर रूपेश सर्राफको हत्या गर्ने एकजना पक्राउ, जोडियो ६० किलो सुन तस्करी प्रकरण !
Sarbottam CementSarbottam Cement

काठमाडौं । बारामा गोली हानेर रूपेश सर्राफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छैन ।

बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । तीनवटा गोली लागेर घाइते भएका उनलाई अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रूपेश कलैयाकै बाल एकता बोर्डिङ स्कुलका शिक्षकसमेत रहेको खुलेको छ ।

उनीमाथि दुईवटा मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको प्रहरी बताउँछ ।

Global Ime bank

सुन प्रकरण हत्याको कारण हुन सक्ने प्रहरीको आशंका

रूपेशको हत्यालगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाबारे चासो राखेको छ । हत्या गरिएका रूपेश ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बाराकै सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफका आफन्त हुन् ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान थालिएको जानकारी दिए ।

"हामीले विभिन्न कोणबाट अनुसन्धान थालेका छौँ । एकजनालाई नियन्त्रणमा समेत लिएका छौँ । सुनसँग जोडिएको कुरा पनि आएको छ । हामी त्यो बारेमा पनि अनुसन्धान गर्छौं," काफ्लेले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement