राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकबाट मधेस प्रदेशसभाका समानुपातिक सांसद चयन गरिनेछ । गएको भदौमा सांसद विन्दुकुमारी यादवको निधन भएको थियो । उक्त रिक्त स्थानमा उमेदवार सिफारिस गर्न बैठक बसेको हो ।
बैठकमा पार्टीको संगठन विस्तार र सुदृढीकरणसम्बन्धी तीनमहिने अभियानबारे समेत समीक्षा गरिने बस्नेतले बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १५:२३
प्रतिक्रिया दिनुहोस्