site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलमा मारिएकामध्ये थप तीन विद्यार्थीको शवको पहिचान, दुईजना अझै अस्पतालमा
फाइल तस्बिर ।

काठमाडौं । इजरायल आक्रमणका क्रममा मारिएकामध्ये थप तीन नेपाली विद्यार्थीको शवको पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार मृतक पदमबहादुर थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको हो ।

दूतावासले उनीहरूको पासपोर्ट नम्बरसहित नाम सार्वजनिक गरेको छ । 

दूतावासले ज्यान गुमाएका १० जनामध्ये अहिलेसम्म ८ जनाको शव पहिचान भएको जनाएको छ । बाँकी विद्यार्थीको शव पहिचानको क्रममा रहेको छ ।

दूतावासले उपलब्ध सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्य जारी राखिएको जनाएको छ । 

आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । एकजना दूतावासको हेरचाहमा छन् । दुईजना अझै अस्पतालमै उपचाररत छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro