site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्घटनामा परी प्रहरी जवानको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बारा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई बाराको निजगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान आकाश सुनार रहेका प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए ।

शनिबार बिहान ७ः३० बजेको समयमा निजगढ नगरपालिका–८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६, काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा डिउटीको सिलसिलामा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको हो ।

उनले चलाएको ज१२प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । त्यसक्रममा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका निम्ति सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका निम्ति एलएस न्युरो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा १२ः१५ बजे प्रहरी जवान सुनारको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro