site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनकेटियाको ह्याट्रिक गर्दा सेफिल्डको पोस्टमा आर्सनलको पाँच गोल 
Tiktok banner adTiktok banner ad

काठमाडौं । एडी एनकेटियाको ह्याट्रिकप्रेरित आर्सनलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडविरुद्ध ५–० को सहज जित निकालेको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनललाई जित दिलाउन एनकेटियाले ह्याट्रिक गर्दा फाबियो मिएरा र टाकेहिरो टोमियासुले एक/एक गोल गरे ।

खेलको २८औँ मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ५०औँ मिनेटमा एनकेटियाले नै आर्सनलको अग्रता दोब्बर बनाए । त्यसको आठ मिनेटपछि एनकेटियाले ह्याट्रिक गर्दा आर्सनलले अग्रतालाई ३–० मा पुर्‍याएको थियो ।

८८औँ मिनेटमा भिएराले प्राप्त पेनाल्टी सदुपयोग गर्दै आर्सनलको अग्रतालाई ४–० मा पुर्‍याए । इन्ज्युरी समयमा टोमियासुले गोल गरेपछि आर्सनलले ५–० को सहज जित निश्चित गरेको हो ।

जारी सिजन प्रिमियर लिगमा आर्सनलको यो सातौँ जित हो । १० खेलबाट २४ अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टोटनहम आर्सनलभन्दा दुई अंक अगाडि छ । तालिकाको पुछारमा रहेको सेफिल्डको एक अंक छ । सेफिल्ड जारी सिजन हालसम्म जितविहीन छ ।

शनिबार नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले चेल्सीविरुद्ध २–० र बर्नमाउथले बर्न्लीविरुद्ध २–१ को जित निकाले । बर्नमाउथको यो यस सिजनकै पहिलो जित हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro