site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन ढिला गर्न नहुने बताएका छन् । शनिबार नेपाली कांग्रेसद्वारा आयोजित चियापान कार्यक्रममा उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुंग्याउन ढिला गर्न नहुनेमा जोड दिएका हुन् ।

उनले युद्धलाई टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी काम गरिनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । अब सो विषयलाई टुंग्याउन ढिला गर्न नहुने उनले उल्लेख गरे ।

Argakhachi Cement Island Ad

संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आएका बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने उनले बताए ।

“वास्तवमा धेरै ढिलो भयो । जसरी हामीले एकदम छोटो समयमा युद्धलाई टुंग्याउने र शान्तिको प्रक्रियामा या राजनीतिक मूल प्रवाहमा ल्याउने काममा हामी सफल भएका थियौँ,” उनले भने, “त्यसैगरी त्यससँग जोडिएका जम्मै विषयवस्तुहरू, द्वन्द्व व्यवस्थापनका सम्पूर्ण विषयवस्तुहरू, संक्रमणकालीन न्यायसँग जोडिएका सबै विषयवस्तुहरूलाई छिटो टुंग्याउनुपर्दथ्यो, त्यसमा ढिलाइ भएको छ । अब धेरै ढिला गर्नु हुँदैन । संयुक्त राष्ट्रसंघको महासचिव आउनुभएको यो बेलामा हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ ।”

पुराना राजनीतिक दलहरू विभिन्न परीक्षामा जाँचिएर आएका भन्दै उनले आफूहरू पुनः अग्निपरीक्षामा जाँचिन तयार रहेको बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्