विदेश
अबुधाबी । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् ।
सो वार्तामा दुवै राष्ट्र र त्यहाँका जनताको हितका निम्ति द्विपक्षीय सहयोग वृद्धि गर्ने तरिकाबारे छलफल भएको बताइएको छ ।
सो अवसरमा यूएई र युक्रेनी राष्ट्रपतिले युक्रेनको पछिल्लो घटनाक्रम र द्वन्द्वका असर, विशेष गरी मानवीय र आर्थिक प्रभावका बारेमा गम्भीर छलफल गरेको स्रोतले जनाएको छ ।
दुई नेताले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गर्नुका साथै क्षेत्रीय तथा विश्वव्यापी प्रगति र समृद्धिको रक्षाका निम्ति शान्ति, स्थायित्व र सुरक्षा प्रवर्द्धनमा जोड दिएका छन् । रासस/एएनआई
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८० १५:०८
प्रतिक्रिया दिनुहोस्