देश

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–७, फूलवरियामा आज बिहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
ना ६ प १४ ६३ नम्बरको बसले घर अगाडि बसिरहेका अन्दाजी ६५ वर्षीय ब्रहमदेव दासलाई आज बिहान ठक्कर दिएको थियो ।
घाइते दासको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपरराजवाडा रौतहटले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १९:४६
प्रतिक्रिया दिनुहोस्