खेल
काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका कुशल मल्लले दोस्रो विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याइरहेको यूएईका आर्यन्स शर्मालाई कुशल मल्लले सन्दीप जोराबाट क्याच गराए । आर्यन्सले २५ रन जोडे ।
जारी खेलको १० ओभर समाप्त हुँदा यूएईले दुई विकेट गुमाएर ८५ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १३:५८
प्रतिक्रिया दिनुहोस्