site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नदीमा बेपत्ता युवकको शव फेला

रुपन्देही । दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेलापरेको छ । रुपन्देहीको मर्चवारमा गएको मंगलबार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुईजनाको मृत्यु भएको थियो । एकजना बेपत्ता भएका थिए । 

रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई–१ का २० वर्षीय युवक सन्तकुमार राजभर बेपत्ता भएका थिए । राजभरको शव बिहीबार भेटिएको हो । सो घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो ।

स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादसैँका दिन ती युवक सो नदी किनारमा पुगेका थिए । डुबेको स्थानबाट केही तल तैरिएको अवस्थामा बिहीबार दिउँसो शव फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro