site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिदेशीय शृंखलाको उपाधिका निम्ति नेपालले यूएईसँग खेल्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका निम्ति नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्ने भएको छ ।

बुधबार भएको लिग चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा यूएईले तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपालले भने यसअघि नै लिग चरणका खेलमा शतप्रतिशत नतिजासहित फाइनलको यात्रा तय गरिसकेको छ । शृंखलाको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

हङकङ तालिकाको पुछारमा रह्यो । यूएई र हङकङले समान दुई अंक जोडे । नेपालले चार खेलबाट आठ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो ।

बुधबार मूलपानीस्थित माथिल्लो मूलपानी मैदानमा भएको खेलमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो ।

Global Ime bank

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको हङकङले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement