site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङविरुद्ध यूएईको सहज जित
SkywellSkywell

काठमाडौं । नेपालमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)ले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा यूएईले हङकङलाई ६ विकेटले हराएको हो ।

काठमाडौंको मूलपानीस्थित माथिल्लो मूलपानी रंगशालामा हङकङले प्रस्तुत गरेको १५० रनको लक्ष्य यूएईले १८ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

यूएईको जितमा कप्तान वसिम मुहम्मदले ४० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले १७ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

Dabur Nepal
NIC Asia

खालिद साहले ३७, भ्रित्या अरविन्दले २९, अलिसान सरिफुले २०, आसिफ खानले १२ र बसिल हमिदले ११ रन जोडे ।

हङकङका यासिम मुर्तजाले दुई विकेट लिए । निजाकत खान र एसान खानले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनाएको थियो ।

हङकङका बाबर हायतले ६६ रनको योगदान गरे । उनले ४५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । ऐजाज खानले ४८ रन थपे ।

२५–३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका निम्ति ११४ रनको साझेदारी गर्दै हङकङको इनिङ्स सम्हालेका थिए । अन्शुमन रथले १४ रन जोडे ।

यूएईका र जहुर खानले तीन र निलान्स केशवानीले दुई विकेट लिए ।

यही कात्तिक १ गतेदेखि जारी त्रिदेशीय शृंखलामा नेपाल, यूएई र हङकङ सहभागी छन् । शृंखलामा हङकङको यो तेस्रो र यूएईको दोस्रो खेल हो । नेपाल भने लगातार तीन खेलमा विजयी भइसकेको छ । शतप्रतिशत नतिजासहित अन्तिम खेलअगावै नेपालले फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतियोगितामा पहिलो जित निकालेको यूएई दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेल खेल्दा पनि अंकविहीन हङकङ पुछारमा छ । तीन खेलबाट ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu