site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र द्वन्द्वलाई कांग्रेसले जनयुद्ध कहिल्यै भनेको छैन, दिवस मनाइँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकार जनयुद्ध दिवस नमनाउने प्रष्ट पारेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वलाई कांग्रेसले कहिल्यै जनयुद्ध नभनेको उनले बताए ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले जनयुद्ध नेपालको संविधानमा नभएको भन्दै दिवस मनाउने कुरा नहुने बताए । अब दिवस मनाउने भन्ने नहुने भन्दै उनले भने, “कांग्रेसले जनयुद्ध भनेको छैन, सशस्त्र द्वन्द्व भनेको छ ।”

सरकारले अर्थतन्त्र सुधार्न नसकेको उनले बताए । देशको अवस्था सुधार्न नसक्नुमा अर्थमन्त्रीको पनि दोष् देखिएको भन्दै उनले यसको मुख्य जिम्मेवार प्रधानमन्त्री भएको बताए ।

कोसीमा एमाले मिसिएपछि केन्द्रमा सत्ता गठबन्धन परिवर्तन हुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले समय आएपछि आफैँ हुने बताए ।

कोसी प्रदेशमा सत्तारुढ गठबन्धन कि कांग्रेस र नेकपा (एमाले)को संयुक्त भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ दिएनन् । कोसीमा अहिले जसरी सरकार बनेको छ, त्यसरी नै अघि बढ्ने जवाफ दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro