site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेखर भन्छन्– कोसीको मुख्यमन्त्रीमा कार्कीको नाम देउवाले सोधेपछि लिएँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सोधेपछि आफूले कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीको नाम लिएको बताएका छन् ।

मुख्यमन्त्रीका लागि प्रदेश संसदीय दलका नेता उद्धव थापाले दुईपटक प्रयास गरेर पनि असफल भएपछि आफूले सभापति देउवासँग कार्कीको नाम लिएको कोइरालाले बताए । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले देउवाले सोधपछि कार्कीको नाम लिएर अघि बढेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कोसीमा परिस्थिति भिन्दै भएको भन्दै उनले राजनीतिक अस्थिरताका कारण कोसी अरु प्रदेशभन्दा धेरै पछि परेको बताए । उनले भने, “कोसीमा के हुन्छ के हुन्छ भन्ने द्विविधा थियो, त्यो अहिलेलाई टर्यो ।”

कोसी प्रदेशमा सत्तारुढ गठबन्धन कि कांग्रेस र नेकपा (एमाले)को संयुक्त भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ दिएनन् । कोसीमा अहिले जसरी सरकार बनेको छ, त्यसरी नै अघि बढ्ने जवाफ दिए ।

Global Ime bank

उनले सत्ता गठबन्धनकै मुख्यमन्त्री बनाउने भन्ने विषयमा देउवालाई संसदीय दलको नेता परिवर्तन गर्न आग्रह गरेको तर तयार नभएको बतौ । देउवाले मानेको भए त्यसबेला जो मुख्यमन्त्री बने पनि गठबन्धनमै बन्ने सम्भावना रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement