site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीको जोड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीहरूले जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित वृद्धि (ग्रीन ग्रोथ)को अवधारणा महत्वपूर्ण हुने धारणा उनीहरूको छ ।

वातावरणका इस्यूहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धताहरू पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रीन ग्रोथ)को अवधारणा महत्वपूर्ण हुने शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील याजवेल याज सेफ्टी एण्ड हेल्थ परियोजना सञ्चालन गरिरहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोही परियोजनाअन्तर्गत आयोजना गरिएको कार्यक्रममा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरूको हरित वृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुुग्ने कुरा सबैलाई बुुझाउनुु पर्ने सुुझाव थियो ।

हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सृजना हुने धारणा सहभागी विज्ञहरूले राखेका छन् । 

Royal Enfield Island Ad

कार्यक्रम महासंघको सुदूरपश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजना गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुुझाव उनीहरूको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष एवं वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउँदै दीगो आर्थिक विकासमा काम गर्न सहयोग पुर्‍याउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको बताए ।

उपाध्यक्ष ढकालले पछिल्लो पटक नेपालले अन्तराष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका इस्यूमा गरेका प्रतिवद्धताहरूलाई समेत पुरा गर्ने अभिप्रायले महासंघले आईएलओको सहयोगमा ग्रीन इकोनोमीको विषयलाई अगाडि बढाएको स्पष्ट पारे ।

महासंघले उद्योगहरूको मागका आधारमा कार्यस्थलमा आधारित तालिमलाई पनि मुख्य प्राथमिकता दिएको बताए । आउँदो दिनमा थप प्रभावकारी बनाउन यससम्बन्धी निर्देशिका बनाइएको स्पष्ट पारे । यसले महासंघको सिंगो इको सिष्टम नै लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।

महासंघको प्रदेश च्याप्टरका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालिम र दीगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीहरूबीच बुुझ्न सहयोग पुुगेको बताए ।

महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालिम निर्देशिका र वातावरण विज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रीन इकोनोमिका पछिल्ला अभ्यास र नेपालले अवलम्वन गर्नुपर्ने उपायहरूका बारेमा आफनो प्रस्तुति दिएका छन् ।

कार्यक्रममा आईएलकोका परामर्शदाता महेन्द्र प्रसाई र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले आईएलओले महासंघसँग अगाडि बढाएका कार्यक्रमबारे जानकारी गराए ।

परियोजनाअन्तर्गत सदस्य वस्तुुगत संघका लागि कार्यसञ्चालन विधि, कार्यस्थलमा आधारित सीप विकास निर्देशिका, ग्रीन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् ।

करिब ७५ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रममा महासंघ प्रदेश च्याप्टर तथा संघका पदाधिकारीहरू, उद्यमी व्यवसायी, निर्माण, सीप विकास, सञ्चारकर्मी, महिला उद्यमी लगायतको सहभागिता थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro