site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लागुऔषधसहित चारजना पक्राउ

काठमाडौं । झापामा लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले बिहीबार दिउँसो साढे २ बजे झापाको दमक नगरपालिका ५ सुकुम्बासी टोलबाट तीन ग्राम ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा २४ वर्षीय समिर गजमेरको घरको कोठाभित्र रहेका गजमेरसहित २९ वर्षीय रोशल बुढाथोकी, २४ वर्षीय रोशन माझी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शंका लागेर चेकजाच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर तीन ग्राम फेला परेकोले चारैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro