site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलले ल्यायो दसैँको लागि रिचार्जमा आकर्षक बोनस अफर
SkywellSkywell

काठमाडौं । चाडपर्वको अवसरमा एनसेल अजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस अफर ल्याएको छ ।

अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाइ तथा परिवारजनसँग  सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् ।

Dabur Nepal
NIC Asia

बडादसैँ २०८० को उपलक्ष्यमा ल्याइएको यो योजनाअन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागि यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ । जसमा एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु २०० वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना कात्तिक १ गतेदेखि कात्तिक १५ सम्म सञ्चालनमा रहने छ ।

रिचार्जमा बोनस योजनाअन्तर्गत ग्राहकले रिचार्ज गरेको रकमको आधारमा दुई हजार एमबीदेखि आठ हजार एमबी बोनस डेटा प्राप्त गर्नेछन् । रु २०० देखि रु ४९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने एक हजार ६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

त्यस्तै, रु ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले दुई हजार ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने पाँच हजार ६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा भोलुम दुई दिनको दिनको लागि मान्य रहने छ ।

योजनाअन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफरमार्फत भएको ब्यालेन्स टपअप बोनसको लागि मान्य हुनेछैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्नेबित्तिकै बोनस डेटा प्राप्त हुनेछ ।

बडादसैँको अवसरमा ल्याइएको यो विशेष अफरसँगै आफ्नो उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “हाम्रा ग्राहकहरु र ग्राहकको एनसेलसँगको सेवा अनुभव हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ । यो चाडपर्वको अवसरमा ल्याइएको योजनाले हाम्रा ग्राहकको सञ्चारको आवश्यकतालाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । हाम्रा सबै ग्राहकलाई बडादसैँको शुभकामना र एनसेलसँग आबद्घ रहिरहनुहुने सबै ग्राहकलाई धेरै धेरै धन्यवाद ।”

यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालू एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाइसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu