site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झिनो अंकले घटेर सेयर बजार बन्द, कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो ।

कारोबार रकममा भने सुधार देखिएको छ । यस दिन ९७ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार ९३ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये सातको समूहगत परिसूचक घटेको छ । चार समूहको परिसूचक वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक स्थिर छ ।

सर्वाधिक सेयर मूल्य घट्नेमा अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य आठ प्रतिशतले घटेको छ ।

२८४ धितोपत्रका ३७ लाख ६६ हजार १५३ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro