site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आफ्नै मान्छेको अनुहार देखेपछि भ्रष्टाचारको फाइलको दोसो पाना पल्टाइएन : रवि लामिछाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्‍याउन सरकार असफल भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरे पनि निष्कर्षमा पुर्‍याउन नसकेको जिकिर गरे । भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलोदेखि दोसो पाना पल्टाउन नसकेको उनको टिप्पणी थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आउँदो निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पानादेखि नै अनुसन्धान र कसैको मुख नहेरी कारबाही गर्ने उनको भनाइ छ ।

कोसी प्रदेशमा ‘महागठबन्धन’ बनेको बन्दै उनले अब रास्वपा देशको एक मात्र प्रतिपक्ष दल भएको बताए । रास्वपा विदेशीको इसारामा चलेको भन्ने आरोप पुष्टि गर्न उनले चुनौती दिए ।

Global Ime bank

नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएको रास्वपाले कसैको जुठोपिरो नखाने उनले बताए । उनले नेपाली जनताको हित र मुद्दामा रास्वपाले कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय