site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी प्रदेश मुख्यमन्त्री राजनीति : जित्यो कसले, हार्‍यो कसले ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति निर्वाचनसँगै एमाले–माओवादी समीकरण भत्कियो, जसको असर केन्द्रदेखि प्रदेशसम्म पुग्यो । केन्द्रीय संरचनाअनुरुप प्रदेशमा गठबन्धन सरकार बन्यो । तर, कोसी प्रदेशको दलीय अंक–गणित जटिल बन्यो ।

९३ सदस्यीय कोसी प्रदेशमा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ ।  कोसी राजनीतिमा १ सांसदको अंक–गणित नमिल्दा ४६, ४७ को खेल सफल हुन सकेन ।  संविधानको सबै धारा सकिएपछि धारा–५ अनुसार सरकार बनाउने अवस्था आइपुग्यो । जसमा बाजी मारेका छन्, कांग्रेसका ‘विद्रोही नेता’ केदार कार्कीले । 

तर, एमाले–माओवादी भत्किएर कांग्रेस र नेकपा एसको प्रवेश भएसँगै कोसी संविधानको धारा १६८ को २ देखि ५ सम्म आइपुग्दा पटक–पटक सरकार बने र भत्किरहे ।  यसबीचमा एमालेका हिक्मत कार्की २ पटक र कांग्रेसका उद्धव थापाले २ पटक मुख्यमन्त्री बन्ने अवसर पाए । कार्कीले विश्वासको मत पु¥याउन नसकेर राजीनामा गर्नुपर्यो । थापालाई अदालतले नै हटाइदियो । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस सांसद केदार कार्की न संसदीय दलको नेता, न त गठबन्धनको रोजाई । शेखर कोइराला समूहबाट विद्रोही नेता कार्कीले प्रचण्ड मतसहित सरकार बनाउन सफल भएका छन् ।  निरन्तरको राजनीतिक खेलमा अन्ततः कोसी प्रदेशमा ‘विद्रोही कांग्रेस’को पगरी गुत्थै कार्की मुख्यन्त्री बन्न सफल भए । 

आफ्नै दल सहभागी रहेको केन्द्रीय सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै विद्रोह गरेका कांग्रेस सांसद कार्कीले राप्रपाबाहेक सबैको विश्वास छ भन्ने प्रमाणित गर्न सफल भए ।  प्रदेशसभाको बुधबार बसेको बैठकबाट कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् । ९३ सदस्यीय कोसीमा कार्कीको पक्षमा ८६ मत परेको छ ।

Global Ime bank

उनलाई नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का सांसदले पक्षमा मतदान गरे । गएको शुक्रबार एमालेको ३९ सांसद र विद्रोही ८ कांग्रेस सांसदको हस्ताक्षरमा कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । 

जबकि केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा(एस) का उपाध्यक्ष राजेन्द्र पाण्डेले माओवादीबाट मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि बढाउने निर्णय गरेका थिए । 

तर, एमालेसँग मिलेर शेखर कोइराला समूहले विद्रोह मात्र गरेन कि त्यो विद्रोहलाई स्थापित नै गरिछाडेको छ ।  कोसी प्रकरणले प्रदेश राजनीति र कांग्रेस राजनीतिमा जित्यो कसले ? अनि हार्‍यो चाहिँ कसले भन्ने प्रश्न उठेको छ । 

दुर्घटनाकेन्द्रित भनी विश्लेषण भएको कोसी राजनीतिमा न त संस्थापन पक्षले शेखर कोइराला समूहलाई कारबाही गर्न सक्यो न त एमालेलाई राजनीतिक खेलबाट बाहिर हुत्याउन सक्यो ।  सभापति शेरबहादुर देउवा विश्वासपात्र समेत रहेका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा कोसी प्रदेशको राजनीतिक दाउपेचमा कांग्रेस विजयी भएको दाबी गर्छन् । 

कोसीले शेखर समूहलाई पनि व्यवस्थापन गर्न सफल भएको बुझाइ उनको छ । “कोसी प्रकरणमा कांग्रेस सफल भयो मुख्यमन्त्री पनि पायो । कांग्रेसभित्रको विग्रह पनि रोकियो र प्रदेशमा एमालेसँगको सहकार्यको प्रारम्भ पनि भयो,” उनले भने ।

माओवादीलाई धक्का दिन शेखर सफल 

यो खेलमा कांग्रेस नेता शेखर कोइराला सफल भएको दाबी कोइराला निकट नेताहरूको छ ।  पार्टीभित्र पेलानको जवाफ दिन, आफ्नै समूहबाट निर्वाचित महामन्त्री र पदाधिकारीहरूलाई सचेत गराउन मात्र होइन प्रधानमन्त्री प्रचण्डलाई धक्का दिन पनि शेखर कोइराला ‘सफल’ भएका छन् । 

शेखरले कोसीको सत्ता माओवादीलाई दिन नसकिने र नहुने सभापति देउवालाई स्पष्ट भनेका थिए ।  तर, देउवा, नेता कृष्ण सिटौला लगायतको टिम भने उद्धव थापाबाहेक कांग्रेसभित्र विकल्प खोज्न नहुने र विकल्प खोजिने भए माओवादीलाई नेतृत्व दिनुपर्ने धारणामा थिए । 

गठबन्धनले माओवादी ‘फ्याक्टर’ अघि बढाएपछि शेखर कोइरालाले विद्रोह गरेका हुन् । उनले एमालेसँग सहकार्य गरेका हुन् । 

“जित्यो कसले भनी प्रश्न गर्नुहुन्छ । स्पष्ट छ त शेखर कोइरालाले जितिसके,” शेखर निकट एक नेताले बाह्रखरीसँग भने । 

ती नेताको दाबी छ, गृह प्रदेश माओवादीलाई दिँदा शेखर राजनीतिमा कमजोर हुने थिए । त्यसलाई उनले बचाई छाडे ।  “कोसी किन दिने ? माओवादीलाई देउवाले आफ्नै प्रदेश सुदुरपश्चिम दिए भइहाल्थ्यो नि । वाग्मती, लुम्बिनी दिँदा हुन्थ्यो,” ती नेताले भने, “त्याग शेखरले मात्र गर्नुपर्ने ? शेखरको राजनीति चाहिँ सक्न खोज्ने ?”

ती नेता ‘अति भएपछि’ अनेक नियति भोग्नुपर्ने बताउँछन् । एमालेसँग लिखित सहमति केही नभएको दाबी गर्ने उनी थप राजनीतिक उलट–पुलटको विषयमा केही भन्न नसकिने बताउँछन् । 

देउवा निकट एक पदाधिकारी भने कोसी प्रदेशका लागि भएको ‘मुभ’को असर नदेखिने बताउँछन् । “त्यसको उद्देश्य के रहेछ भन्ने कुरा केही समयपछि देखिन्छ । तर अहिलेलाई यत्ति बुझ्नुहोस्, सभापतिज्यूले प्रधानमन्त्रीलाई पनि भन्नुभएको छ गठबन्धनमा कुनै असर पर्दैन,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय