site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधानमाथि चौतर्फी आक्रमण भयो : हिक्मत कार्की
फाइल तस्बिर ।

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संघीय गणतन्त्र नेपालको संविधानमाथि चौतर्फी आक्रमण सुरु भएको बताएका  छन् ।

बुधबार प्रदेशसभाको बैठकमा कार्कीले भने, "प्रदेश संरचनाबारे धेरै खाले टिकाटिप्पणी आएको छ । दलका भ्रातृ संगठनका नेताहरूले समेत टिप्पणी गर्न थालेका छन् । यो संविधानबाट संघीयता भन्ने शब्द मात्र हटाउँदा संविधान स्वतस् खारेज हुन्छ ।"

Argakhachi Cement Island Ad

दश महिनाको अवधिमा पाँच पटक विश्वासको मत लिने काम भएको भन्दै कोसीमा दलहररूलाई सँगै मिलेर अघि बढ्न जनादेश प्राप्त भएको सुनाए । 

अहिलेको निर्वाचन प्रणालीले नै त्यस्तो अवस्था सिर्जना भएको जिकिर गरे । भने, "कुनैपनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था छैन । अहिले बुढा दलको काम छैन भन्ने हल्ला चलाइएको छ तर हामी बेसुर भएका छौँ ।" संविधानको निर्माण सहमतिमा भएको भन्दै कार्कीले संविधानमा कमजोरी भए सच्याएर अघि बढ्न सकिने बताए । 

दलहरूबीच निषेध गर्दै अघि बढ्दा थप समस्या आउने भन्दै कार्कीले सरकार निर्माणमा संविधानका सबै उपधारा प्रयोग गर्दा यो अवस्था आएको जिकिर गरे । 

भने, "मैले केन्द्रका नेताका ढोका ढक्ढक्याएँ तर समस्या समाधानमा चासो दिइएन । उपधारा ३ बमोजिमको सरकारलाई विश्वासको मत दिन आग्रह गरे तर भएन ।"  

सर्वसम्मतिको सरकार निर्माणको प्रयास गरेको सदन समक्ष जानकारी गराए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्