अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर कारोबार भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १२:०२
प्रतिक्रिया दिनुहोस्