site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । इजरायलबाट थप १९ नेपालीको उद्धार गरिएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्कन अनलाइन आवेदन दिएका उनीहरूलाई सरकारले उद्धार गरेको हो ।

भारतीय विमानमार्फत उनीहरूको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

“१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरू भारत हुँदै नेपाल फर्कनेछन् । स्थानीय समयानुसार बिहान ९ बजे तेल अभिभबाट स्पाइस जेटमार्फत १९ नेपाली स्वदेश फर्कंदै गरेको मन्त्रालयले जनाएको छ ।

उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर पठाउने मन्त्री साउदले जानकारी दिए ।

Global Ime bank

मन्त्रालयका अनुसार उनीहरू गौरीफन्टा नाका भएर कैलाली आइपुग्नेछन् । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

उनीहरू मंगलबार बेलुका ६–७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने बताइएको छ ।

इजरायलबाट यसअघि २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।

उद्धार गरिएका १९ नेपाली– 
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय