site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ सुरु, केपी ओली भन्छन्– यो ‘माइलस्टोन’ हुनेछ
Sarbottam CementSarbottam Cement

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ सुरुआत गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ सुरु गरेको हो ।

एकेडेमीले ‘कान्तिपुर सिनेमाज’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सकिने जनाएको छ ।

कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’मा मासिक न्यूनतम शुल्क २९९ रुपैयाँ तिरेर हेर्न सकिने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै पुरीले ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन मोड्युलको ओटीटी प्लाटफर्म भएको दाबी गरे । “यो प्लाटफर्ममा नयाँ र एक्स्क्लुसिभ नेपाली फिल्म, सर्ट फिल्म र सिरीजहरू हेर्न पाउनुहुनेछ,” उनले भने, “संसारभर यस्ता खालका ओटीटी प्लाटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।” त्यस्तै, प्रकारको प्लेटफर्मका रूपमा आफूले विकास गर्न चाहेको उनको भनाइ छ ।

“कान्तिपुर सिनेमाजमार्फत नेपाली फिल्म मेकरलाई विभिन्न, समुदाय, जाति, भू–भाग र वर्गको कथा निसंकोच भन्ने अवसर सिर्जना गराउने र विश्वभर छरिएर रहनुभएको फिल्मको माध्यमबाट नेपाली कथाहरू हेर्न मन पराउने दर्शकका लागि यो सुनौलो अवसर हुन सक्छ । पछिल्लो समय नेपाली चलचित्रका लागि नयाँ दर्शक र बजार खोज्ने अभियानमा यो प्लेटफर्मको उपस्थिति दरिलो हुन्छ भन्नेमा म विस्वस्त छु,” उनले भने, “हाम्रो मुख्य उद्देश्य संसारको जुनसुकै ठाउँमा रहेका नेपाली फिल्म पारखीलाई फिल्म हेर्न सजिलो बनाइदिने, चलचित्रको माध्यमबाट धेरैभन्दा धेरै नेपाली मौलिक कथाहरु भन्ने, नेपाली सिनेमाको व्यापार र नयाँ बजार विस्तार गर्ने हो ।”

Global Ime bank

नेपाली कन्टेन्ट र प्लेटफर्मलाई नजरअन्दाज गर्ने र हेप्ने बानी रहेको भन्दै विदेशी जस्तै बलियो नेपाली ओटीटीको आवश्यकता रहेकोमा उनको जोड छ । आफ्नै नेपाली कन्टेन्ट भएको प्लेटफर्मको आवश्यकता यसले पूरा गर्नेमा उनी ढुक्क छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘कान्तिपुर सिनेमाज’ नेपाली सिनेमा उद्योगमा माइलस्टोन हुने विश्वास व्यक्त गरे । “नयाँ कामको सुरुआत भएको छ । यो कोषेढुंगा हुने मेरो विश्वास छ,” ओलीले भने, “राम्रो कामको सुरुआत आधा काम हो । यसले ठूलो फड्को मार्नेछ ।”

नेपालमा बलियो ओटीटीको आवश्यकता रहेको तर यसलाई स्थापित गरेर निरन्तरता दिन कठिन रहेको कलाकार दीपकराज गिरी बताउँछन् । सानो बजार रहेकाले कन्टेन्टको आवश्यकता हुने र नयाँ सिनेमा पाउनु र दर्शकलाई दिन सक्नु नै ओटीटीका लागि मुख्य चुनौती भएको उनको भनाइ छ ।

“बर्सेनि सिनेमा कम बन्दै छन् । यो वर्ष ४०÷५० वटा मात्रै सिनेमा आउने देखिएको छ । ओटीटी आउनु राम्रो हो । तर, यसलाई स्थापित गरेर निरन्तर चलाउन चुनौती छ,” उनी भन्छन्, “यसमा पनि हाम्रो बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा त हामी गरौँला, तर पहिला पोखरी बनाउँ अनि त्यसमा पौडी खेलौँला ।”

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभर रहेका नेपाली सिनेमाका पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।

नेपाली सिनेमाको ओटीटी रिलिज गर्न पनि मेकर तयार हुने अवस्था सिर्जना गर्न ‘कान्तिपुर सिनेमाज’ सफल हुने उनी बताउँछन् । यसले विश्वभरका नेपालीलाई जोड्ने माध्यमको काम गर्ने भुवनको भनाइ छ ।

‘कान्तिपुर सिनेमाज’मा सुरुमा फिचर फिल्म ‘ज्याकी आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ रहेका छन् । सिरिज ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ छन् । सर्टफिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’लगायत उपलब्ध रहेको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  २२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय