site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामसङले ल्यायो ‘२०२३ टिभी सिरिज’, भिडियोकल गर्न सकिनेदेखि एआईका फिचर

काठमाडौं । सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी नेपालमा सार्वजनिक गरेको छ । 

४३ देखि ८५ इञ्चसम्म विभिन्न साइजमा उपलब्ध यी टिभीहरूमा सामसङको फ्ल्यागसिप फिचर रहेका छन् ।

ती फिचरमा सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा टिभीमा रहेको छ ।

Dabur Nepal
NIC Asia

यसबाहेक काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एडजस्ट गर्न टिभीमा आईओटी लाइट सेन्सर छ ।

सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर बनाइएको र धेरै पार्टहरू पुन: प्रयोगमा ल्याइएको पदार्थबाट बनाइएको कम्पनीले जनाएको छ । यस्तै, रिमोट सोलार सेलबाट र एआई एनर्जी सेभिंग पनि टिभीमा प्रयोग गरिएको छ ।

यसबाहेक विशेष अफरका रूपमा यस वर्ष सन् २०२३ को डिसेम्बर ३१ सम्म खरिद गरिएका सबै टिभीमा तीन वर्षको पूर्ण वारेन्टी उपलब्ध हुने सामसङले बताएको छ ।

सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिकस्का महाप्रबन्धक आलोककुमार गुप्ताले यी टिभीले प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने बताएका छन् ।

के छन् विशेषता
घरको कुनै पनि ठाउँमा पनि फिट गर्न सकिने प्रिमियम डिजाइन, स्लिम सोलार पावर्ड रिमोट र १०० प्रतिशत करल भोल्युम– प्यान्टोन मान्य रङ अर्थात् १ अर्ब ट्रु रङ देखाउने कम्पनीले बताएके छ ।

यस्तै ध्वनिसँगै इमर्सिभ अनुभव, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट, कन्सोल बिना नै तुरुन्तै सबै उत्कृष्ट कन्सोल गेमिङ जस्ता विशेषता टिभीमा रहेको सामसङ नेपालले जनाएको छ ।

२०२३ सी–सिरिजका टिभी खरिदमा दसैँ तिहार अफरमा ४१ प्रतिशतसम्म छुट रहेको कम्पनीले बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro