site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआरएनएको अध्यक्षमा महेश श्रेष्ठले गराए उमेदवारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् । 

श्रेष्ठले पदाधिकारीका अन्य उमेदवारसहित सोमबार सोल्टी होटेलमा रहेको निर्वाचन समितिको कार्यलयमा उमेदवारी दर्ता गराएका हुन् ।

मंगलबार (भोलि)देखि काठमाडौंमा एनआरएनएको ११औँ महाधिवेशन दर्ता गराइरहेका छन् ।

एनआरएनका वर्तमान उपाध्यक्षसमेत रहेका श्रेष्ठले ‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका नेपालीहरूको भावना विभाजित भएको र कामभन्दा कुरा बढी गर्नेहररूको हाबी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न आफ्नो नेतृत्व आवश्यक’ रहेको बताएका छन् ।

एनआरएनएको अध्यक्ष पदमा श्रेष्ठसँगै वर्तमान अध्यक्ष डा. बद्री केसी, वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मालगायतले उमेदवारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro