site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यम अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो हो : रक्षामन्त्री खड्का
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले उमेर र अवधिले भ्याउँदा एकपटकलाई तीन वर्ष पदावधि थप्न सकिने व्यवस्था रहेको बताए । सोहीअनुसार सहायक रथी अधिकारीको पदावधि तीन वर्ष थपिएको उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको उनले बताए ।

उनले नेपाली सेनाको प्रधानसेनापति हुनका निम्ति निश्चित मापदण्ड रहेको उल्लेख गरे । सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने उनले बताए । यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको उनको जिकिर छ ।

“...एकपटकलाई पदावधि थपिने प्रचलनानुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो । अहिले सेनाको नियमावली चलाएर के–के गरेर यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए । आज पनि एउटा लेख देखेँ, नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदै छ भन्ने,” उनले भने, “यी सबै कुरा मिथ्या हुन्, झुटो हो । नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड छ । सैनिक नियमका आधारभन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिनँ । त्यसैले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो । झुटो हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro