site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जंगी अड्डाले राख्यो सहायक रथी यमबहादुर अधिकारीलाई जगेडामा

काठमाडौं । जंगी अड्डाले सहायक रथी यमबहादुर अधिकारीलाई जगेडाका रूपमा राखेको छ । अवकाशको मुखमा पुगेका अधिकारीलाई सरकारले ३१ भदौदेखि लागु हुनेगरी तीन वर्ष कार्यकाल थप गरेपछि उनलाई जगेडाका रूपमा राखिएको हो ।

उनको कार्यकाल थप गरेकोप्रति जंगी अड्डा सरकारप्रति असन्तुष्ट छ । यद्यपि, सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने अधिकारीको नियमित सरुवा भएर हाल जंगी अड्डाकै सैनिक सचिव विभागमा कार्यरत रहेको बताए ।

सैनिक स्रोतले भने जगेडाकै रूपमा राख्न उनलाई त्यहाँ सरुवा गरिएको दाबी गरे । उनको सहायक रथीको कार्यकाल तीन वर्ष थप्नुअघि उनी वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको नेतृत्वमा थिए ।

Dabur Nepal
NIC Asia

हाल अधिकारीलाई सरुवा गरिएको विभागमा लामो समयदेखि अर्का सहायक रथी जोतिन्द्र महत कार्यरत छन् ।

सैनिक स्रोतले भन्यो, “सैनिक सचिव विभागले सैनिक अधिकारीहरूको अभिलेख राख्नेदेखि करियर प्लानिङको काम गर्ने गर्छ । त्यहाम् पहिलादेखि नै महत सर हुनुहुन्छ । अहिले यम सरलाई ल्याएर के गर्नु हुन्छ ? जगेडा भनेको त्यहीँ होइन र ?’

सहायक रथी यमबहादुर अधिकारी पूर्वमाओवादीका डिभिजन कमाण्डर हुन् । सेना समायोजनपछि उनीसहित ७१ जना सैनिक अधिकृत र करिब १५ सय नेपाली सेनामा भर्ती भएका थिए ।

जसमध्ये सबैभन्दा उपल्लो तहमा अधिकारी भर्ना भएका हुन् । उनी उपसेनानी पदबाट सेनामा प्रवेश गरेका थिए ।

पछि बढुुवा हुँदै सेनानी, प्रमुख सेनानी, महासेनानीसम्म पुगे । सैनिक ऐनअनुसार उनी महासेनानी (कर्णेल) पदबाट भने १ असोज २०७६ मा अवकाशमा जानुपर्ने थियो ।

तर, सरकारले त्यो बेलासमेत दरबन्दी नै नभएको सहायक रथीको विशेष दरबन्दी श्रृजना गरेर उनलाई बढुवा गरेको थियो । त्यो बेला सरकारको नेतृत्वमा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए ।

हाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले उनको कार्यकाल थप तीन वर्ष थपेको हो । सहायक रथीको कार्यकाल चार वर्षको हुन्छ । दोस्रो पटक विशेष काम गरेको अस्थामा तीन वर्ष थप गर्न सकिने सैनिक ऐनमै व्यवस्था छ ।

तर, सहायक रथी बन्दा नै विशेष दरबन्दी थप गरेर बढुवा गरिएका कारण त्यस्तो पदको अवधि सकिनासाथ स्वतः सकिनुपर्ने असन्तुष्ट सैनिक अधिकारीहरूको भनाइ छ ।

यस प्रकारको घटनाले सेनामा राजनीतिकरण हुने गुनासो उनीहरूको छ । पूर्वसहायक रथी प्रेम बस्न्यातले पनि विशेष दरबन्दी एक पटकलाई मात्रै हुने बताए ।

सहायक रथी अधिकारीको पदावधी थप गर्दा प्रधानसेनापति प्रभुराम शर्माको समेत एकलौटी सिफारिसमा सरकारले उनको पदावधि थप गरेको केही सैनिक अधिकारीहरू बताउँछन् ।

अधिकारीको पदावधि थप गर्नेबारे निणर्य गर्न बसेको सैनिक प्रिन्सिपल स्टाफ अफिसर्सको बैठकमा अधिकांश जर्नेलहरूले उनको पदावधि थप नगर्नु पर्ने राय दिएको स्रोतको दाबी छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro