site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी घटनाक्रमबारे भीम रावलको टिप्पणी– देश जोगाउन संघीयता खारेज गरिनुपर्छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले कोसीको सत्ता समीकरणलाई लिएर देश जोगाउन संघीयता खारेज गर्नुपर्ने बताएका छन् । एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि नेता रावलले सत्ता स्वार्थको कुरूप कोसीमा देखिएको बताएका छन् । 

"नेपाली भूभाग कालापानीमा भारतीय प्रधानमन्त्रीको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोसी प्रदेशमा देखियो । यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनुपर्छ," आइतबार साँझ उनले फेसबुकमा भनेका छन् ।

तर, एमालेले मध्यावधि चुनाव हुन नदिन कांग्रेसलाई सहयोग गरेको बताइरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro