काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न नेपाली कांग्रेसका सांसदलाई समर्थन गरेको बताएका छन् । प्युठानमा आज आयोजित कार्यक्रममा उनले मध्यावधिमा जाँदा खर्च हुने बताए ।
“कोसी प्रदेशमा मध्यावधिमा जाने अवस्था सिर्जना हुन लाग्यो । हामी तयार छौँ । तर, मध्यावधि भयो भने ठूलो खर्च हुन्छ,” उनले भने, “मध्यावधिबाट जोगाउनका लागि हामीले जोसुकैलाई समर्थन गर्यौँ । कांग्रेसका विद्रोही साथीलाई साथ सहयोग दियौँ ।”
उनले कांग्रेसका आठ सांसदले नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भनेका बाहेक नगर्ने भएपछि विद्रोह गरेको सुनाए ।
“कांग्रेसका केही सांसदले किन विद्रोह गर्नुभयो ? किनभने कांग्रेसका नेताहरूले पुष्पकमल दाहालजीले जे भन्यो त्यही बाहेक केही गर्न सक्दैनन्,” ओलीले भने ।