site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारभन्दा जनता महत्त्वपूर्ण हुनुपर्छ : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका निम्ति सरकारभन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राजनीतिक दलहरूले राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । कुनै पनि सरकारबाट गरिने अन्याय र पक्षपातले नागरिकका आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई खुम्च्याउने उनले उल्लेख गरे । त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने उनको भनाइ छ ।

सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने उनले बताए ।

अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्य सबैका निम्ति उत्तिकै प्रिय रहेको उल्लेख गरे । यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro