site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्तो छ मुख्यमन्त्री कार्कीको विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्मको दौड
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखले उपधारा ५ बमोजिम बहुमत पुर्याउन सक्ने कुनै पनि दलका सांसदलाई मुख्यमन्त्रीमा दाबी पेशसगर्न साँझ ५ बजेसम्मको समय दिएका थिए । बिहीबार नै कार्कीले आफ्नो दलका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा आवश्यक बहुमत संख्या ४७ पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । 

केन्द्रीय गठबन्धनले मुख्यमन्त्री बनाउन सिफारिस गरेका माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि पेस गरेका थिए । तर, कांग्रेसका २९ मध्ये ८ जना सांसदले सशरीर उपस्थित भई प्रदेश प्रमुख कार्यालयमा आफूहरुको समर्थन कार्कीलाई रहेको भन्दै हस्ताक्षर सनाखत गरेका थिए । सनाखत गरेका सांसदले आफूहरुले माओवादीबाट दाबी पेस गरेका आङ्बोलाई समर्थन नगरेको जनाएका छन् । 
 
कार्की कोसी प्रदेशका ८ औं मुख्यमन्त्री हुन् । यसअघि उनकै पार्टीका उद्धव थापा मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको हस्ताक्षर प्रयोग गरेको र विश्वासको मत लिँदा सभाध्यक्ष गर्ने सांसदको समेत मत जोडेका कारण सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभाको पहिलो कार्यकालबाट तीनजना मुख्यमन्त्री नियुक्त भएका थिए । शेरधन राई, भीम आचार्य र राजेन्द्र राईले मुख्यमन्त्रीको रुपमा कोसी प्रदेशको बागडोर सम्हालेका थिए । दोस्रो कार्यकालको लागि भएको निर्वाचनपछि पहिलो पटक पुसमा एमालेका हिक्मत कार्की नियुक्त भए । उनको नेतृत्मा रहेको सरकार विश्वासको मत लिन नसकेपछि गत असार १५ गते ढलेको थियो । उद्धव थापाले लिएको विश्वासको मत सर्वोच्चबाट बदर भएपछि भदौ २२ गते फेरि हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भए । तर, ठूलो दलको नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिन नसकेपछि असोज २० गते राजीनामा दिए ।

त्यसपछि कोसी प्रदेशमा सरकार गठनको प्रकृया उपधारा ५ मा प्रवेश गरेको हो । यही धारा अन्तर्गत सरकार गठनमा कांग्रेसका केदार कार्कीले एमालेका सांसदको साथ लिएर दाबी पेस गरेका हुन् । कार्कीको दाबी प्रमाणित गराउन शनिबार प्रदेश प्रमुखले ४७ सांसदको सनाखत गराएका थिए ।

Global Ime bank

को हुन् कार्की ?

कार्की नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेस राजनीतिमा उदाएका युवा नेता हुन् । उनी प्रदेशसभाको पहिलो कार्यकालमा सांसद हुँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा थिए । 

मोरङ ६ को प्रदेश निर्वाचन क्षेत्र २ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । हक्की स्वभावका कार्की नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा समेत रहेर काम गरेका थिए ।
डा. शेखर कोइराला पक्षका सांसद कार्कीको राजनीतिक जीवन महेन्द्र मोरङ क्याम्पस विराटनगरको नेविसंघ इकाईबाट सुरु भएको थियो ।

२०६२/०६३ को आन्दोलनका क्रममा सुरक्षाकर्मीसँगको झडपमा पटकपटक घाइते भएका उनी जेलसमेत परेका थिए । उनी कोइराला समूहबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य उठेका थिए ।

कार्की जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएका थिए । विद्यालयस्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो । उनी यस क्याम्पसमा २०५२ सालमा नेविसंघकै क्याम्पस इकाई सभापति भए । यसपछि कार्की नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका थिए । हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय