देश

काठमाडौं । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भजनी नगरपालिका ४ बिजुलीया बस्ने ४० वर्षका खुसीराम चौधरीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको पंखामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० ०८:२२
प्रतिक्रिया दिनुहोस्