site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शशांक भन्छन्– मलाई भाषण गर्न आउँदैन, हृदयबाट बोल्ने गरेको छु झुट बोल्दिन 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकजुट हुन सके जुनसुकै दलले पनि हराउन नसक्ने बताएका छन् । 

शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा बोल्दै उनले पार्टी एकताको पक्षमा एकजुट हुनुपर्ने बताए । उनले आफू दाबीका साथ भन्न सक्ने भन्दै एकजुट भए जति अरु दल मिलेपनि कांग्रेसलाई हराउन नसक्ने उल्लेख गरे । 

फरक प्रसंगमा उनले आफूलाई भाषण गर्न र झुट कुरा बोल्न नआउने बताए । पहिलोपटक टिकट लिएर निर्वाचन लड्न जाँदा आफूले वडाको नाम रटेर गएको प्रसंग कोट्याउँदै उनले आफूले जितेर आएको उल्लेख गरे । 

“मलाई टिकट दिएको ठाउँमा नाम रटेर जानुपर्दथ्यो । म रटेर जान्थे । त्यहाँ पनि मैले जिते २३ जनाले जित्दा म पनि जिते । लगातार पाँच पटक जिते,” उनले भने, “न मलाई भाषण गर्न आउँछ न मलाई चमात्कार गरेको छ । मैले हृदय छोएको छु । उनीहरूले मलाई त्यति माया गर्छन् ।” 

उनले आफूले बोल्ने कुरा हृदयबाट आउने स्पष्ट पारे । 

“म दिमागबाट भाषण गर्दिन हृदयको कुरा गर्छु । मलाई झुटो कुरा गर्न आउँदैन । झुट बोल्दा मूल्य पनि चुकाउनुपर्छ सत्य बोल्नुपर्छ,” उनले भने । 

आफूले पटक–पटक जितेर पनि चमात्कार गर्न नसकेको भन्दै उनले प्रयास पनि गरिरहेको उल्लेख गरे । 

“कांग्रेस एक जुट पारौँ । दीर्घकालीन योजना कस्तो बनाउने जनतालाई छुनेगरी बनाउने,” उनले भने, “मैले जितेर चमात्कार गरेको छैन । प्रयास गर्ने हो जीवन भनेको यही हो । फलको चिन्ता गर्नु हुँदैन । पैसा भनेको हातको मैलो हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro