site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न संकल्प प्रस्ताव पारित
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रियसभाले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । अपांगता भएका व्यक्तिहरुका अधिकार कार्यान्वयन नभएको भन्दै त्यसका लागि नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थको संकल्प प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मतिबाट पारित गरेको हो । 

अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनका विषयमा सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिँदै अधिकार कार्यान्वयनको प्रतिबद्धता जनाए । 

राष्ट्रियसभाले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावलाई प्रधानमन्त्रीको प्रतिबद्धतासहित समेटेर एकीकृत कार्ययोजना बनाएर  कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि अन्तरमन्त्रालय, निकाय तह, सरोकारवाला निकायसँग समन्वय गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए । उनले हरेक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनको अवस्था सम्बन्धी प्रगति विवरण सम्बन्धित प्रतिवेदन सभामा पेस गर्न निर्देशन दिए । 

उनले राष्ट्रियसभा अन्तर्गतका समितिहरुलाई आआफ्नो अधिकार क्षेत्रभित्र रहेर अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनको अवस्था निरन्तर अनुगमन गर्न पनि निर्देशन दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro