site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्नुपर्छ : सांसद पन्थ

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्दै उनले अन्य संवैधानिक आयोगजस्तै अपांगता भएका व्यक्तिको लागि पनि शक्तिशाली आयोग हुनुपर्ने बताएका हुन् । 

Argakhachi Cement Island Ad

सांसद पन्थले सरकारले अपांगता भएका व्यक्तिको संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने कामलाई प्राथमिकता नदिएको भन्दै आपत्तिसमेत जनाए । 

उनले भने, "मुलुकमा गणतन्त्र आएको १५ वर्ष पुगिसक्दा पनि सबै नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकारले कुनै ठोस योजना तथा कार्यक्रम समेत ल्याउन सकेको छैन ।" 

सांसद पन्थले अपांगता भएका व्यक्तिहरूको हित अनुकूलका कानुनहरू कार्यान्वयनमा ध्यान दिन पनि सरकारलाई सचेत गराए । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्