site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनाको जितमा ओटामेन्डीको निर्णायक गोल

काठमाडौं । निकोलस ओटामेन्डीको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा पराग्वेलाई १–० ले हराएको छ ।

शुक्रबार बिहान ब्युनस आयर्सस्थित स्टाडियो मोनुमेन्टलमा भएको खेलमा ओटामेन्डीले खेलको तेस्रो मिनेटमा नै गोल गरेका थिए । ओटामेन्डीको यही गोल निर्णायक बन्दा अर्जेन्टिनाले छनोटमा तीन अंक निश्चित गरेको हो ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना अपराजित छ । सन् २०२२ को विश्वकपमा साउदी अरेबियासँग पराजित भएयता अर्जेन्टिनाले पछिल्ला १३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ ।

जितसंगै तीन खेलबाट नौ अंक जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहीन पराग्वे आठौँ स्थानमा छ ।

अर्जेन्टिनाले अब अक्टोबर १८ मा पेरुसँग खेल्नेछ । पराग्वेले सोही दिन बोलिभियासँग खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro