site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुकुटेमा ह्याममेक केवलकार, ३६० डिग्री स्विङ र स्काई रोप साइकल सुरु

काठमाडौं । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केवलकार, ३६० डिग्री स्विङलगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएका छन् ।

कम्पनीका अनुसार स्विङमा ३६० डिग्रीमा घुमेर ‘थ्रिल’को अनुभव गर्न सकिनेछ । यस किसिमको स्विङ नेपालमै पहिलोपटक भएको कम्पनीको दाबी छ ।

भोटेकोसी खोलामाथि २२० मिटर लामो जीपलाइन पनि सुरु गरेको छ ।  साथै २२० मिटर लामो स्काइ रोप साइकल पनि सञ्चालनमा आएको छ । स्काइ रोप साइकलमा एकजना बसेर चलाउने र जोडी नै बसेर चलाउन मिल्ने गरी बनाइएको छ ।

थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङसहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो ।

र्‍याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमा सुकुटेमा थ्रिल भ्याली सुरु भएको हो । साहसिक खेलका पारखीहरूका लागि लक्षित गरी कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

कति लाग्छ शुल्क ?
कम्पनीले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ ।

स्वीङका लागि ३०० रुपैयाँ प्रतिव्यक्ति, केवलकारका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फ्यामिली पिङका लागि २०० रुपैयाँ र गुलेली पिङका लागि पनि २०० रुपैयाँ शुल्क कायम गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro