site stats
बाह्रखरी :: Baahrakhari
खेल
लाओसको पोस्ट नेपालको गोल, अन्जनले गरे धेरै गोलको कीर्तिमानसँग बराबरी

Anjan-Bista-1697115991.jpgकाठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणको जारी खेलमा नेपालले लाओससँग बराबरी गरेको छ । खेलको ४८औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन् ।

एरिक विष्टको कर्नरमा अन्जनले हेडर गोल गरेका हुन् ।

यो गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

नेपालबाट १३ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

त्यसअघि खेलको ३३औँ मिनेटमा लाओसले सुरुवाती गोल गरेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्