site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो हाफमा लाओसविरुद्ध नेपाल १–० ले पछाडि 

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा लाओसले घरेलु टिम नेपालविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसका कप्तान बोउनफचान बोउन्कोङले गोल गर्दै आफ्नो टिमलाई अग्रतामा राखेका हुन् ।

बोउन्कोङले ३३औँ मिनेटमा गोल गरेका हुन् । मैदानको मध्यभागमा आयुश घलानले नेपाली मिडफिल्डरलाई उपलब्ध गराएको बल खोस्दै बोउन्कोङले रक्षक अनन्त तामाङ र मनिष डांंगीलाई बिट गर्दै गोल गरे ।

नेपालले पहिलो हाफको कुनै पनि समयमा गतिलो आक्रमण बुन्न सकेन । खेलपछि दोस्रो लेगका लागि नेपाली टिम लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्