site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालको दूरसञ्चार सेवा एसियामै दोस्रो सस्तो : निमित्त प्रबन्ध निर्देशक अर्याल

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की निमित प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले दूरसञ्चार सेवा शुल्क महँगो नभएको बताएकी छन् । 

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा टेलिकमको विषयमा जानकारी दिँदै निमित्त प्रबन्ध निर्देशक अर्यालले यस्तो बताएकी हुन् ।

Dabur Nepal
NIC Asia

उनले नेपाल टेलिकम एसियाकै दोस्रो सस्तोमा दूरसञ्चार सेवा दिने संस्था भएको दाबी गरेकी छन् । सबैभन्दा सस्तो भारतमा दूरसञ्चार सेवाको मूल्य प्रतिजीबी ०.१७ डलर छ भने नेपालमा प्रतिजीबी ०.२ डलर रहेको उनले बताइन् ।

“नेपाल टेलिकमलको दूरसञ्चार सेवा एसियाको दोस्रो सस्तोमा पर्न आउँछ । सबैभन्दा सस्तो भारतमा ०.१७ डलर प्रतिजीबी छ भने नेपालमा ०.२ डलर प्रतिजीबी पर्न आउँछ । त्यसैले नेपालको दुरसञ्चार सेवा महँगो भन्ने कुरा सान्दर्भिक होइन । विश्वमा हेर्दा नेपालमा दूरसञ्चार सेवा भारतपछिको सस्तो सेवा दिइरहेका छौँ,” समितिमा बोल्दै उनले भनिन् ।

भारतपछिको सस्तो दूरसञ्चार सेवालाई महँगो भन्ने कुरा सान्दर्भिक नभएको उनको भनाइ छ ।

२०७३ सालमा प्रतिक्षमता ३७ रुपैयाँ २५ पैसा रहेको शुल्क २०७८/०८९मा आउँदा १९ रुपैयाँ ६९ पैसामा झरेको उनले बताइन् । २०७३ सालमा प्रतिएमबी डाटा ७४ पैसाको रहेको र अहिले पाँच पैसामा झरेको उनले बताइन् ।

उनले अघि भनेकी छन्,“२०७३ सालमा प्रतिक्षमता ३७.२५ नेपाली रुपैयाँ थियो भने २०७८/०८९मा आउँदा १९.६९ पैसा छ । चार वर्षमा ३७.२५ पैसाबाट घटेर १९.६९ रुपैयाँमा झरेको छ । प्रतिएमबी डाटाको कुरा गर्दा २०७३ सालमा ७४ पैसा थियो भने अहिले प्रति एमबी डाटा पाँच पैसामा झरेको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro