राजनीति
काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका निम्ति संसदीय समितिमा पठाइएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समितिमा पठाउने प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
अब यो विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफाबार छलफल गरिनेछ ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज २६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १५:१४
प्रतिक्रिया दिनुहोस्